Close sidebar

महानायक राजेश हमालसहित ‘नरसिंहा अवतार’को टिम भोलि नेपालगन्जमा

जेष्ठ १४, २०८२

नेपालगन्ज – गत शुक्रबारबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘नरसिंहा अवतार’को प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन निर्माण युनिट भोलि जेठ १४ गते, बुधबार नेपालगन्ज आउने भएको छ ।

चलचित्रको टिम भोलि धनगढी हुँदै नेपालगन्ज आउने र नेपालगन्जको सिनेमाघर सिनेरोयल र क्युएफएक्स बागेश्वरी सिनेमाजमा दर्शकसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

महानायक राजेश हमालसहितको टीमले दर्शकहरूलाई प्रत्यक्ष भेट्ने, चलचित्रको बारे प्रतिक्रिया लिने र पत्रकारसँग अन्तरक्रिया गर्ने छ।

चलचित्रका मिडिया सल्लाहकार श्रीधर पौडेलका अनुसार  टिममा हमालसँगै अभिनेत्री सनिशा भट्टराई, अभिनेता राज कटवाल, प्रकाश कुवर, निर्माता नरेन्द्र महर्जन र वितरक छविराज ओझाको पनि सहभागीता रहने छ ।

टिमले दिउँस २ बजे पछि सिनेमाघरमा दर्शकहरूसँग भेट्ने र प्रतिक्रिया लिने कार्यक्रम रहेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया