Close sidebar

चन्द्र पन्तको,‘आ बाट आमा’मा विपना थापाको प्रमुख भुमिका

जेष्ठ १०, २०८२

फिल्म ‘ह्रस्व दीर्घ’का निर्देशकले निर्माण गर्न लागेको फिल्म ‘आ बाट आमा’मा अभिनेत्री विपना थापा अनुबन्ध भएकी छन्। उनलाई निर्देशक पन्तले केहि दिनअघि अनुबन्ध गरेका हुन्। फिल्म ‘ह्रस्वदीर्घ’मार्फत १६ वर्षको अन्तरलामा नेपाली रजतपटमा पुनरागमन गरेकी अभिनेत्री थापासँग पन्तको यो दोस्रो सहकार्य हो। निर्देशक पन्तले फिल्म ‘आ बाटा आमा’मा विपनाको शीर्ष भूमिकामा रहने छ। उनैको कथा वरिपरी फिल्मको कथा घुम्नेछ।

निर्देशक पन्तले भने,‘विपना थापाको नै मुख्य भुमिका हो। उहाँको यस फिल्ममा राम्रो क्यारेक्टर रहेको छ। आफु निर्देशक तथा लेखकको हिसाबमा भन्नु पर्दा नेपालमा अहिलेसम्म यस्तो इमोसनल बनेको छैन। त्यति दर्शकलाई इमोसनल बनाउने कथा छ। त्यसैले यो क्यारेक्टर विपना थापालाई नै सुहाउने भएर अनुबन्ध गरेका हौँ।’

आगामी भदौँ देखि छायाँकनमा जान लागेको यस फिल्ममा काम गर्न पाउँदा आफु निकै उत्साहित भएको विपनाको भनाई छ। अभिनेत्री थापाले पनि यस फिल्मको कथा सुन्दा नै आफुलाई भावुक बनाएको र काम गर्न राजी भएको जानकारी दिइन्।

उनले भनिन,‘मलाई निर्देशक साबले यो फिल्मको स्टोरी सुनाउँदा यति भावुक भएकी म व्यक्त गर्न सक्दिनँ। उहाँले स्टोरी सुनाउँदाखेरि मेरो घाँटी ख्याप्प भएर सुकेको थियो। स्टोरी नै यति पावरफुल,यति स्ट्रोङ छ। आमा भन्ने फिल्म मैले पहिला पनि रेशराज आचार्य डिरेक्टर साबको गरेको थिए। अरु पनि थुप्रै आमा हुने फिल्म बनेको छ। मैले हेरिपनि सकेको छु,नेपाली पनि र हिन्दी पनि। तर यो फिल्मको स्टोरी चाहीँ छुट्टै किसिमको छ। जुन फिल्म हेरिसकेपछि मात्रै थाहा हुन्छ। त्यसैले पनि यो फिल्ममा काम गर्नका लागि म राजी भए।’

यो फिल्ममा काम गर्नुको मुख्य कारण दमदार स्टोरी नै रहेको बताईन्। उनले थपिन्,‘यो फिल्मको स्टोरी सुन्दा भावुक मात्र होइन। एकदमै रोएँ। यस फिल्मको ‘आ बाट आमा’मा राखिने गीत सुन्दाखेरि पनि रोएँ। तपाई आफैले पनि यो गीत सुन्दाखेरि रुनुहुन्छ। यसअघि प्रदर्शनमा आएको फिल्म ‘ह्रस्वदीर्घ’को गीत जति मार्मिक छ नि,त्यो भन्दाबढि मार्मिक गीतहरु यो फिल्ममा रहेको छ।’

यसअघि अभिनेत्री थापाले ‘ह्रस्व दीर्घ’मा मेयरको भूमिकामा निवार्ह गरेकी थिइन्। यो फिल्मले दर्शकमाझ राम्रो छाप छोड्न सफल भएको थियो। अभिमन्यू निरवीले स्क्रिप्ट लेखिरहेको यस फिल्मको थिम पोष्टर केहि दिनअघि सार्वजनिक भएको थियो। जहाँ आमाको आँखाबाट खस्न लागेको आँसुलाई बच्चाको हातले अड्याउने कोसिस गरेको थियो। फिल्मले आमा र सन्तानबीचको गहिरो कथा भन्ने छ। आमाको भुमिकामा विपना भएता पनि अन्य कलाकारको भने छनोट हुन बाँकी नै रहेको निर्माण पक्षले जनाएको छ। अन्य कलाकार र प्राविधिकहरुको पनि टुङ्गो छिट्टै लाग्ने निर्देशक पन्तले बताए। उनका अनुसार यो फिल्म आगामी फाल्गुन १५ गतेबाट सार्वजनिक रुपमा नै प्रदर्शनमा आउने छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया