Close sidebar

‘नरसिंहाः अवतार’लाई १० लाख भ्यूज, उत्कृष्ट प्रतिक्रिया

बैशाख २८, २०८२

सार्वजनिक भएको २ दिनमै फिल्म ‘नरसिंहाः अवतार’को ट्रेलरले युट्युबमा १० लाख भ्यूज पाएको छ । युट्युवको मुभी सेक्सनमा यो फिल्म ३ नम्बर ट्रेन्डिङमा छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई दर्शकहरुको उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ ।

म्युजिक नेपालको युट्युब च्यानलमा यो फिल्मको ट्रेलरमा ४ हजार ३ सय भन्दा बढी प्रतिक्रिया मिलेको छ । अधिकांशले उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।
राजेश हमालको गर्जन लामो समयपछि हेर्न पाइयो भन्दै दर्शकहरु उत्साहित देखिएका छन् । सामाजिक संजालमा पनि यो फिल्मको ट्रेलरलाई उच्च शेयर गरिएको छ ।
म्हानायक राजेश हमालको ८ वर्षपछिको कमब्याक फिल्म भएकाकारण पनि दर्शकहरु यो फिल्मलाई प्रतिक्षा गरिरहेका छन् ।

फिल्ममा राजेश हमालको साथमा नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, दीपा शाही, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, एल्भिना खड्का, समाइरा थापा लगायतको अभिनय छ ।

फिल्मको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीत सर्वाधिक चर्चामा छ । ट्रेलरले समेत उच्च हाइप बनाउँदा फिल्मले बक्स अफिसमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ । यो फिल्ममा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपानेको लगानी छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया