Close sidebar

सुदिप र शान्तीश्रीको स्वरमा गीत ‘केही भनेकै छैन’ सार्वजनिक

बैशाख २४, २०८२

लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ । गीतमा सुदिप अधिकारी र शान्ती श्री परियारको स्वर छ । गीतको भिडियो सुदिप अधिकारी अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ । शब्द तथा संगीत सुदीप अधिकारीको छ ।

कमल सौरागको संगीत संयोजन रहेको गीतमा कुमार राना मगरको मिक्सिङ तथा मास्टरिङ रहेको छ । खुमन राना र सुमन रानाले गीत रेकर्डिङ गरेका छन् । गीतको भिडियो पनि निर्माण गरिएको छ । ओवी रायमाझी र जुना विश्वकर्माको अभिनय रहेको छ । सुदीप बरालको छायांकन रहेको गीतको भिडियो सम्पादन मनोज कार्कीले गरेका छन् ।

गाउँले परिवेशमा खिचिएको भिडियोमा ग्रामीण जनजीवन समेटिएको छ । लेकबेसी, गोठालो, र पानी पँधेरो गर्दा युवा युवतीबीच बसेको प्रेम गीत र भिडियोमा समेटिएको छ । गीतमा प्रेममा रहेको जोडीको प्रेमिल कल्पना, प्रेमिकालाई छोडेर टाढा जानु पर्दाको पीडा र त्यसक्रममा हुने युवायुवतीको संवाद गीतमा सुन्न र देख्न सकिन्छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया