Close sidebar

यस्तो छ ‘माइतीघर’मा माग्ने वुढाको लुक्स

बैशाख २३, २०८२

हाल छायांकन भइरहेको फिल्म ‘माइतीघर’को सेटबाट कलाकार केदार घिमिरे ‘माग्ने वुढा’को लुक्स बाहिरिएको छ ।
सार्वजनिक नयाँ लुक्समा केदार खाटमा बसेर मोबाइल हेरिरहेको देख्न सकिन्छ । झट्ट हेर्दा उनको लुक्स, गाउँको मुखियाको जस्तो लाग्छ । तर, निर्माणपक्षले यस बिषयमा केही पनि बोलेको छैन ।

मिलन तामाङको निर्देशनमा तयार भइरहेको यो फिल्मलाई तामाङ संकृतिको सेरोफेरोमा राखेर निर्माण गरिएको छ । फिल्मको प्रदर्शन मिति दशैंको फूलपातिलाई पक्का गरिसकिएको छ ।
यो फिल्मको छायांकन हाल म्याग्दीको ताकम गाउँमा भइरहेको छ । २० दिनसम्म ताकम गाउँमा र २० दिन दरबाङको तातोपानी क्षेत्रमा फिल्मको छायांकन हुनेछ ।

यो फिल्ममा युवराज लामा, केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।
सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ । रोहित अधिकारी फिल्मस्को व्यानरमा यो फिल्म निर्माण भइरहेको हो ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया