Close sidebar

फेरि एक्सन चलचित्रमा देखिदै पुजा

बैशाख २१, २०८२

गतबर्ष रिलिजमा आएको फिल्म ‘दान्भी’का निर्देशक रुपेश तामाङ नयाँ फिल्म निर्माणको दौडमा लागेका छन् ।

यसपटक, मल्टिस्टारर कलाकार लिएर एक्सन फिल्म बनाउने तयारी उनको छ । यसका लागि कलाकारहरुलाई फाइनल गर्ने काम पनि धमाधम चलिरहेको छ ।

यसैबिच, यो फिल्ममा नायिका पूजा शर्मा फाइनल भएकी छिन् । रुपेशले पूजालाई उनकै जन्मदिनको दिनमा अनुवन्धित गरेका हुन् ।
फिल्ममा पूजा फाइनल भएपछि रुपेश भन्छन्–‘मेरो कथाले पूजा शर्मालाई नै खोजेका कारण उहाँलाई साइन गरेका हौं । यसपटक अघिल्ला फिल्ममा भएका कमजोरीलाई सुधार्दै काम गर्ने कोशिश गर्नेछु ।’
नायिका शर्माले पनि फेरि एकपटक आफू एक्सन भूमिकामा देखिन लागेको भन्दै खुशी व्यक्त गरिन् । उनले भनिन्–‘दान्भीको एक्सनलाई दर्शकले रुचाउनुभएको थियो । यसैले, मलाई एक्सन फिल्ममा फेरि काम गर्न मन थियो । रुपेशजीले राम्रो कथा लिएर आएपछि साइन गरेकी हुँ ।’

निर्देशक रुपेशका अनुसार, यसपटक फिल्ममा कलाकारहरु सरप्राइज हुनेछन् । फिल्मको नाम तय गरिएको छैन । केही दिनमै फिल्मको नाम विकास बोर्डमा दर्ता गरेरपछि सार्वजनिक गर्ने रुपेशले बताए । फिल्मलाई सुमन गजमेरले लेखिरहेका छन् । केही महिनापछि फिल्मको छायांकन सुरु गर्ने तयारी निर्माणपक्षको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया