Close sidebar

वर्ल्ड प्रिमियरको लागि ‘जार’ टिम सिक्किम प्रस्थान

बैशाख १६, २०८२

यही वैशाख २६ (मे ९) बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘जार’को वर्ल्ड प्रिमियरको लागि कलाकारसहितको निर्माण टिम सिक्किम प्रस्थान गरेको छ । निर्देशक फुर्वा छिरिङ लामा, कार्यकारी निर्माता त्रिलोचन पाण्डे, अभिनेता द्वय सौगात मल्ल, अनुपविक्रम शाही र गायिका तथा संगीतकार झुमा लिम्बुसहितको टिम मङ्गलवार बिहान त्यसतर्फ प्रस्थान गरेको हो ।

फिल्मको वर्ल्ड प्रिमियर यही बुधवार गान्तोक सिक्किममा हुँदै छ । फिल्म, कला साहित्य सम्बद्ध दिग्गज व्यक्तित्वहरू, विभिन्न राजनीतिज्ञ, व्यापारी, समाजसेवीसहितको उपस्थितिमा भव्य प्रिमियरको आयोजना गरिएको निर्देशक लामाले बताए । सिक्किमपछि मे ३ तारिखमा सिलिगुडी (सिलिगुरी) मा यो फिल्मको दोस्रो प्रिमियर तय गरिएको छ । स्थानीय दर्शक तथा शुभचिन्तकहरूसँग सँगै फिल्म हेरेर कलाकार तथा निर्माण टिमले प्रतिक्रिया समेत लिनेछ, भने दार्जिलिङमा पनि फिल्मको प्रचारात्मक कार्यक्रम तय छ ।

यो फिल्म साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ । फिल्ममा सौगात र अनुपविक्रमसँगै भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाले प्रमुख स्थान लिएका छन् ।

सरवानन इलावार्सुको छायांकन रहेको फिल्म ‘जार’मा अखिलेश राईको सम्पादन छ । होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो फिल्मको कार्यकारी निर्मातामा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया