Close sidebar

“नरसिंहा अवतार”को गीतलाई यूट्यूबमा १ मिलियन भ्यूज

बैशाख ६, २०८२

नरसिंहा अवतार फिल्मका लागि रिक्रियट गरिएको अच्छा लेकिन गीतले भिडियो सेयरिङ संजाल यूट्यूबमा अच्छा प्रदर्शन गरेको छ । गीतले यूट्यूबमा रिलिजको दुई दिनमा १ मिलियन अर्तात १० लाख भ्यूज पाउन सफल भएको छ । गीतले प्रतिक्रियासमेत अत्यन्त सकारात्मक पाइरहेको छ ।

भ्यूजसँगै गीत ट्रेन्डिङमा समेत उकालो लाग्ने क्रममा रहेको छ । यो समाचार पार्दासम्म गीत संगीततर्फ छैटौं स्थानमा ट्रेन्ड भइरहेको छ । गीतको मौलिक संस्करणमा गायक शम्भुजित बास्कोटा र गायिका देविका बन्दनाको युगल स्वर थियो भने नव संस्करणमा शम्भुजित बास्कोटा र गायिका रचना रिमालको युगल स्वर छ। गीतको शब्द तथा संगीत दुवै शम्भुजितकै हो। गीतलाई दर्शकहरुले मनपराइरहेको पाइएको छ भने टिकटक रिल्सहरुमा समेत धमाधाम उलेख्य संख्यामा भिडियोहरु बनिरहेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोलाई राजु विक्रम थापाले खिचेका हुन् भने साहिल खानले सम्पादन गरेका छन्।

गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरू—राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी, साथै बाल कलाकार एभेलिना खड्का र समाइरा थापाले नृत्य प्रस्तुत गरेका छन्। कविराजले भिडियोलाई आकर्षक रूपमा कोरियोग्राफ गरेका छन्, जसमा सबै कलाकारहरूको नृत्य उत्कृष्ट छ ।

एक्सन ड्रामा श्रेणीमा राखिएको यो फिल्म जेठ ९ गते रिलिज हुँदैछ । चन्द्र पन्तको कथा रहेको फिल्ममा राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भिएफएक्स एवं साहिल खान तथा मिलन श्रेष्ठको सम्पादन छ।

दिवाकर भट्टराइको लेखन(निर्देशन रहेको यो फिल्म क्रियटिभ सिने आर्ट्स को प्रस्तुतिमा निर्माण भएको हो। यसका लगानीकर्ता नेम महर्जन हुन् भने दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको सह(लगानी रहेको छ।

video link: https://www.youtube.com/watch?v=6nKfagYC8wo

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया