Close sidebar

चलचित्र पिताम्बरको टिम आज नेपालगन्जमा

बैशाख ५, २०८२

गत वर्षको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र पिताम्बर यतिबेला देशभरिका हलमा भब्यताका साथ प्रदर्शन भाईरहेको छ । प्रदर्शनको ओपनिङ बाट नै उतसहजनिक व्यापार गरेको चलचित्रले आजको दिनसम्म पनि देशभरिका हलहरुमा राम्रो ब्यापार गरिरहेको छ ।

चलचित्रको दह्रिलो प्रचार शैली, स्टारहरूको बलियो उपस्थितिसँगै दर्शकको सकारात्मक प्रतिक्रिया संगै पिताम्बरले नयाँ वर्ष २०८२ को सुरुवाती चलचित्र बजारलाई सक्रिय बनाएको छ। यसै क्रममा राजधानी पछि दर्शक प्रतिक्रिया लिन चलचित्रको टिम मोफसल यात्रामा निस्केको छ । हिजो धनगढीबाट सुरु भएको मोफसल यात्रा पछि आज चलचित्रको टिम नेपालगन्ज आइपुगेको हो ।

टिमले आज नेपालगन्ज स्थित सिनेमाघर सिनेरोयल र क्युएफएक्स सिनेमाज बागेश्वरीमा दर्शक संगै चलचित्र हेर्नूका साथै अन्तरक्रिया गर्ने कार्यक्रम रहनेछ। चलचित्रको टिममा अभिनेता प्रदीप खड्का, अनुपविक्रम शाही, दिव्यदेव पन्त निर्देशक क्रीशा चौलागाईं निर्माता बिशाल चौलागाईं मिडिया कोर्डिनेटर कुमार आचार्य लगायतको उपस्तिथि रहने छ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप, सौगातसँगै आर्यन सिग्देल, अनुपविक्रम शाही, दयाहाङ राई, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझीलगायतको अभिनय छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया