नेपालगन्ज,निर्देशक नवराज सुवेदी निर्देशित थारु भाषाको म्यूजिक भिडियो ‘दिल कहे बार-बार’ सार्वजनक भएको छ । सेविल इन्टरटेन्टमेन्टको यूट्यूब च्यानलमार्फत उक्त गीतलाई सार्वजनिक गरिएको हो।
बाँकेका विभिन्न ठाउँहरुमा छायाँकन गरिएको उक्त फिल्मी शैलीको म्युजिक भिडियोले एक प्रेमील जोडिको प्रेम, बिछोड र बदलाको भावनाको कथा बोलेको छ ।
नेपालगन्जमा एक कार्यक्रमको आयोजना गर्दै म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । जहाँ नेपालगन्जका केहि सरोकारवालाहरु र पत्रकारको उपस्तिथि समेत रहेको थियो। नेपालगन्ज स्थित होटेल वाटिकाको एक प्रोजेक्टर वालको ठूलो पर्दामा देखाइएको गीत र भिडियोलाई सबैले खुलेर तारिफ समेत गरेका थिए ।
नवराज सुवेदीको यो ९९ औं भिडियो हो जस्मा कन्सेप्ट, एक्सन र निर्देशन स्वयं सुवेदीको रहेको छ ।