Close sidebar

‘मोहर’ टिमले घोषणा गर्यो ‘ढुकढुकी’

बैशाख १, २०८२

फिल्म ‘मोहर’ निर्माण गरेको टिमले नयाँ फिल्म निर्माणको घोषणा गरेको छ । नयाँ वर्ष २०८२ को पहिलो दिनमा फिल्म ‘ढुकढुकी’ निर्माणको घोषणा गरिएको हो ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार हुन लागेको यो फिल्मलाई फिल्ममेकर प्रा.लिको प्रस्तुतिमा तयार गरिनेछ । फिल्ममा चुम्बन जंग शाही निर्माताको रुपमा छन् ।
यो फिल्मको छायांकन तिहारपछि सुरु हुने जानकारी दिइएको छ । फिल्मका लागि अहिले कोही पनि कलाकारहरु फाइनल गरिएको छैन ।
यसअघि फिल्म ‘ढुकढुकी’ विनोद मानन्धरले निर्माण गरेका थिए । यो फिल्मको पटकथा तथा संवाद ओम प्रतिकले लेखेका थिए । अब, ओम आफै ‘ढुकढुकी’ नाममा फिल्म बनाउन अगाडि सरेका छन् ।

ओमले निर्देशन गरेको तथा चुम्बन जंग शाहीले निर्माण गरेको फिल्म ‘मोहर’ साउनको २३ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको रिलिजपछि फिल्म ‘ढुकढुकी’को छायांकनको काम अगाडि बढाउने निर्माणपक्षले बताएको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया