Close sidebar

‘नरसिंहाः अवतार’मा नीति शाहको लुक्स यस्तो

चैत्र २९, २०८१

जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’बाट नायिका नीति शाहको लुक्स सार्वजनिक गरिएको छ । सार्वजनिक फस्टलुकमा नीति मुस्कुराएकी छिन् । यो पोस्टरले उनी फिल्ममा कसैको श्रीमती वा प्रेमिकाको रुपमा देखिन लागेको वुझ्न सकिन्छ । तर, कुन पात्रसँग उनको जोडी बाँधिएको छ भन्ने खुलेको छैन ।

यो फिल्मलाई लिएर नीति शाह निकै नै उत्साहित छिन् । उनले, नायक राजेश हमालसँग फिल्ममा काम गर्न पाउँदा आफू उत्साहित भएको र धेरै कुरा सिकेको पनि बताएकी छिन् । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्गी, नीति शाह, सनिषा भट्टराई, दीपा शाही, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत लगायतका कलाकारहरुको अभिनय छ । यो फिल्ममा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ ।

राजु विक्रम थापाको छायांकन रहेको फिल्ममा चन्द्र पन्तको कथा, राजु लामाको एक्सन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ ।

फिल्म ‘नरसिंहाः अवतार’लाई लिएरदर्शकहरु निकै नै उत्साहित छन् । यसकारण पनि यो फिल्मले बक्स अफिसमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया