Close sidebar

नेपालगन्जमा “वसन्त” हाउसफुल, दर्शकको माग बढेपछि सिनेरोयलले थप्यो शो।

चैत्र २९, २०८१

नेपालगन्ज,गत चैत्र २२ गते शुक्रबारबाट प्रदर्शनमा आएको प्रकाश सपुतको डेव्यु निर्देशित चलचित्र ‘वसन्त’ले प्रदर्शनको दिनदेखीनै सुखद व्यापार गरिरहेको छ । दर्शकबाट चलचित्रलाई उत्कृष्ट वर्डअफ माउथ मिलेता पनि ब्यापार भने सोचे जस्तो हुन सकेन । चलचित्रले उठाएको विषयवस्तु, गीतसंगीत पक्ष र प्रस्तुतिको भने प्रशंसा दर्शकले गरिरहेका छन् ।

प्रदर्शनको दोश्रो सातामा आउदा दुई ठुला चलचित्रको चेपुवामा वसन्त परेकै हो तर दुई ठुला चलचित्रको चहलपहल सोचेजस्तो नहुदा दर्शकको रोजाइमा चलचित्र वसन्त भने परेको छ ।

नेपालगन्जको कुरा गर्नु पर्दा सिनेमाघर सिनेरोयलले चलचित्रलाई हिजो शुक्रबार १२:०० बजेको एक शो उपलब्ध गराएको थियो । तर दर्शकबाट वसन्तको अर्को शो छैन? भन्ने प्रश्न धेरै दर्शक बाट आएपछि सिनेरोयलले रात्री शो उपलब्ध गरायो जहाँ दर्शकको राम्रै उपस्थित देखियो ।

आज सनिवार दर्शककालागि चलचित्र हेर्ने फुर्सदिलो समय पनि मानिन्छ, जहाँ चलचित्रले पाएको १२:०० बजे को पनि हाउसफुल भयो । दर्शकको रोजाई र माग चलचित्र वसन्तमा बढेपछि सिनेरोयलले आजको रात्री शो र भोलीलाई दुई शो उपलब्ध गराएको सिनेमाघर सिनेरोयलका सिइओ रितेश श्रेष्ठले बताए। चित्रभित्र सङ कुरा गर्दै श्रेष्ठले भने “हाम्रो पहिलो प्राथमिकता नेपाली चलचित्रलाई नै हुन्छ । दर्शकको रोजाईमा जुन नेपाली चलचित्र हुनेगर्दछ हाम्रो पनि पहिलो प्राथमिकतामा सोही चलचित्र पर्नेगर्दछ। उन्ले भने”

चलचित्र वसन्तमा प्रकाश सपूत, स्वस्तिमा खड्का, खड्गबहादुर पुन (खबपु), प्रभात पाल ठकुरी, श्री शिभांसी, उर्मिला लाम्गादे, अनुप बराल, प्रकाश घिमिरेका अलावा राजेश हमाल लगायतका नाम चलेका कलाकार दीलिप रायमाझी, निश्चल बस्नेत, नाजिर हुसेन, अभिनेत्रीहरू करिश्मा मानन्धर, केकी अधिकारी, प्रियंका कार्की, सुरक्षा पन्तलाई चलचित्रको पर्दामा देख्न सकिन्छ । जहाँ उनीहरुसँगै लोकदोहोरीकी अहिलेकी चर्चित गायिका शान्तिश्री परियार, मोडल अञ्जली अधिकारी समेतलाई हेर्न सकिन्छ ।

चलचित्र वसन्तलाई प्रकाश सपुतले निर्देशन गरेका हुन भने मोहन विश्वकर्मा र बिन्दु बोहोरा निर्माता तथा कार्यकारी निर्मातामा बिरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया