Close sidebar

‘अमिगोज्’बाट कमव्याक ‘समर लभ’ अभिनेता आशिष पिया

चैत्र २८, २०८१

सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर निर्माण भएको सिनेमा ‘समर लभ’बाट नेपाली सिनेमामा डेव्यु गरेका अभिनेता आशिष पिया पुनः ठुलो पर्दाको सिनेमामा कमव्याक गर्ने भएको छन् । ‘समर लभ’ रिलिजको ५ वर्षपछि उनी ‘अमिगोस’बाट नेपाली रजतपटमा कमव्याक गर्न लागेका हुन् ।

उनले अभिनय गर्ने लभस्टोरी सिनेमा ‘अमिगोस’को छायांकन आगामी भदौबाट नेपाल र अष्ट्रेलियामा गरिनेछ । यो सिनेमाको लेखन तथा निर्देशन मार्केन्डे डिपविम बस्नेत (मार्कु) गर्नेछन् । उनी पनि करिव एक दशकपछि नेपाली सिनेमाको लेखन तथा निर्देशनमा कमव्याक गर्दैछन् । उनले यसअघि ‘सौर्य’ र ‘द्रव्य’को लेखन तथा निर्देशन गरेका थिए ।

बिएस इन्टरनेसनल स्टुडियोको व्यानरमा निर्माण हुने लभस्टोरी सिनेमा ‘अमिगोस’लाई विकास आचार्यले निर्माण गर्नेछन् । उनले पहिलो पटक सिनेमा निर्माणमा हात हालेका हुन् । सुरेन्द्र रावल सह–निर्माता रहेको सिनेमाको अष्ट्रेलियामा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन गरिनेछ ।

हाल सिनेमाका लागि २ मुख्य कलाकारको खोजी भैरहेको निर्माण टिमले जानकारी दिएको छ । केही दिनमा मुख्य भूमिकामा काम गर्ने आशिष वाहेकका एक अभिनेता र एक अभिनेत्रीको टुङ्गो लाग्ने निर्माण टिमले जानकारी दिएको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया