Close sidebar

‘कार्की साइँला’मा जितु नेपाल अनुबन्धित

चैत्र २६, २०८१

निर्माणधिन सिनेमा ‘कार्की साइँला’मा जितु नेपाल अनुबन्धित भएका छन । कर्ण बहादुर फिल्मस् प्रा.लिको व्यानरमा निर्माण हुने यो सिनेमामा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ । सिनेमाका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् ।

बालकुमार राई र श्याम मगर निर्माता रहेको सिनेमाले ग्रामीण जीवनको कथा भन्नेछ । भुइँ मान्छेको कथालाई सिनेमामा प्रस्तुत गरिने निर्देशक बस्नेतले जानकारी दिएका छन् ।

सिनेमाको पात्र एक भरिया हुन् । सिनेमामा डम्बर बहादुर राइको छायांकन र कथा, अजित लामिछानेको पटकथा तथा संवाद, जीवननाथ गौतमको गीत समावेश छ । धनकुटामा छायांकन हुने यो सिनेमाका लागि अन्य कलाकारहरूको छनोट प्रक्रिया अगाडि बढाइएको निर्माणपक्षले बताएका छन् । 

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया