Close sidebar

हसनको मुख्य भूमिका रहेको फिल्म ‘वन अफ द मिलियन्स’को छायांकन सम्पन्न

चैत्र १५, २०८१

फिल्म ‘अलबिदा’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका नायक हसनराजा खान अभिनित फिल्म ‘वन अफ दि मिलियन्स’को छायांकन अमेरिकामा सकिएको छ ।

११ दिन लगाएर फिल्मको छायांकन गरिएको नायक खानले जानकारी दिएका छन् । यो फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । एक नेपाली आप्रवासीको अमेरिका पुग्ने सपनाको कथालाई यो फिल्मले भन्छ । अवैध बाटो अपनाएर आफ्नो भविष्य बनाउने आशामा घरपरिवार छाडेर अमेरिका पुग्नका लागि जोखिम मोल्ने नेपालीको कथामा यो फिल्म बनेको निर्माणपक्षले बताएको छ । यो फिल्ममा हसनको साथमा कलाकार सुवास थापाको पनि मुख्य भूमिका छ । रामेश्वर कार्कीले खिचेको फिल्मले दर्शकको मन जित्ने विश्वास गरिएको छ ।

यो फिल्ममा हसन र सुवासको साथमा अन्य २० जना अमेरिकामा नै रहेका कलाकारहरुले अभिनय गरेका छन् ।

सन् २००९ मा काठमाडौंमा आयोजित ‘मिस्टर क्यापिटल’ जितेका हसनले ‘अलबिदा’पछि ‘रोमियो’ नामक फिल्ममा अभिनय गरेका थिए । यो फिल्मबाट पनि आफूलाई दर्शकहरुले अझै बढी साथ दिने हसनको विश्वास छ ।

हसनले सन् २०१५ मा कतारको राजधानी दोहामा आयोजित ‘नेफ्टा अवार्ड’मा उत्कृष्ट नव–नायकको अवार्ड जितेका थिए भने उनी न्यूयोर्कमा आयोजित ‘ग्लोबल फिल्म अवार्ड’मा पनि सहभागी हुँदै फिल्म ‘डिपार्चर’ निर्माणको घोषणा गरेका थिए । फिल्म ‘वन अफ दि विलियन्स’लाई विभिन्न अन्तरराष्ट्रिय महोत्सवमा रिलिज गरिने र त्यसपछि नेपालमा रिलिज गरिने बताइएको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया