नेपालगन्ज-बिहिबारदेखि रिलिजमा आएको चलचित्र ‘आउटलः दफा २१९’ले हलमा दर्शक राम्रो तानिरहेको छ । आज शनिबार चलचित्र हेर्न दर्शकको चाप हलमा राम्रै देखियो । काठमाडौं लगायत देशभरिका हलमा दर्शकको उच्च चाप देखिएपछि यसका कलाकारहरु हल हलमा पुगेर दर्शक प्रतिक्रिया लिरहेका छन् । चलचित्र हेरेका दर्शकहरुबाट चलचित्रको मेकिङ र सुशील श्रेष्ठको एक्सनको तारिफ र चर्चा भइरहेको छ ।
राजधानी संगै मोफसल नेपालगन्जमा पनि चलचित्रले आज दर्शकको राम्रो साथ पाएको छ । चलचित्रले आज पाएको सबै शोजमा दर्शकको राम्रो उपस्थिति रहेको थियो। नेपालगन्जको सिनेरोयल र क्युएफएक्स सिनेमाजमा आज दर्शकको राम्रो चहलपहल देख्न सकिन्थ्यो । चलचित्र हेरेर हलबाट निस्किएका दर्शकले चलचित्रको मेकिङ र एक्सनलाई खुलेर तारिफ गरेका छन् । चलचित्र हेर्ने धेरै जसो दर्शकले साउथ/ बलिउडका चलचित्र संग तुलना गरिरहेका छन् । चलचित्रमा सुशीलले गरेको काम तारिफयोग्य छ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रलाई अमित अग्रहरिले निर्माण गरेका हुन् । जहाँ चुल्ठे काजीको एक्सन, साहिल खानको सम्पादन छ । चलचित्रमा नायक सुशिल श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल लगायतका कलाकारहरुको अभिनय रहेकोछ ।





