Close sidebar

‘डल्लेले इन्ट्री मर्यो’मा प्रकाश अनुबन्ध

फाल्गुन २५, २०८१

राजु गिरीको निर्देशनमा निर्माण हुने नयाँ चलचित्र ‘डल्लेले इन्ट्री मर्यो’ मा अभिनेता प्रकाश घिमीरे भित्रिएका छन् ।

चलचित्रको शीर्ष भूमिकामा यसअघि नै अभिनेता तथा मोडल सागर लम्साल ‘बले’ अनुबन्धित भइसकेका थिए । निर्माण टिमले शनिबार सागरको बुबाको भूमिकाका लागि अभिनेता घिमीरेलाई अनुबन्धित गरेको हो ।

चैत्र तेश्रो साताबाट छायांकनको तयारीमा रहेको ‘डल्लेले इन्ट्री मार्याे’ मा सागर लम्साल,प्रकाश घिमीरेका साथमा रबिन्द्र झालगायतका चर्चित कलाकार अनुबन्धित भइरहेका छन् । संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको स्क्रिप्ट लेखन रहेको चलचित्रको निर्मातामा सावित्रा चिलुवाल,आशिक बस्नेत, आदर्श बस्नेत र निर्मला बस्नेत छन् ।

बाबुल गिरी र रिमेशकुमार थापाको संगीत रहेको चलचित्र उषा फिल्मसको ब्यानरमा निर्माण हुदैछ । चलचित्रका अन्य कलाकार र प्राबिधिकको चयन कार्य धमाधम भइरहेको जानकारी निर्देशक गिरीले दिएका छन् । उनले आफ्नो चलचित्र तिहारको अबसरमा लक्ष्मीपूजामा प्रदर्शन गरिने बताएका छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया