Close sidebar

‘जनै हराएको बाहुन’मा मिरुना र विजयको जोडी

फाल्गुन २१, २०८१

हिमाल न्यौपानेले निर्देशन गर्ने चलचित्र ‘जनै हराएको बाहुन’मा मिरुना मगर जोडिएकी छन् । यो सँगै चलचित्रमा मिरुना र विजय बरालले जोडी बाँधिने पक्का भएको छ।

यसअघि कबड्डी, जारी लगायत चलचित्रमा यी दुईले सहकार्य गरे पनि ‘जनै हराएको बाहुन’मा भने पहिलो पटक जोडी बन्न लागेका हुन् । चलचित्रमा मनिष राउतले साइन गरिसकेका छन् ।

प्रायः दयाहाङसँग स्क्रिनमा देखिँदै आएकी मिरुनाले ‘कुस्ती’मा धिरज मगर, ‘डबल ट्रिपल’मा खगेन्द्र लामिछाने, ‘ऊनको स्विटर’मा विपिन कार्कीसँग जोडी बाँधेकी छन् ।

आमा र छोराबीचको इमोस्नल कथा पेश गर्ने चलचित्रले आमालाई सुख दिन छोराले गर्ने संघर्षको कथा भन्ने संकेत गरेको थियो । यो चलचित्र आगामी हरितालिका तीजको अवसरमा भदौ १० गते प्रदर्शन लक्ष्य निर्माणपक्षको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया