Close sidebar

‘आउटलः दफा २१९’को ट्रेलरलाई उत्कृष्ट प्रतिक्रिया, सुशिलले ताने दर्शकको ध्यान

फाल्गुन १९, २०८१

फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’ ट्रेलर सार्वजनिक भएसँगै चर्चामा छ । दर्शकको ध्यान खिच्न सफल यो फिल्मको एक्सनलाई दर्शकले निकै मन पराएका छन् ।

सामाजिक संजालमा आएका प्रतिक्रियाहरुले पनि यो फिल्म र यसका मुख्य नायक सुशिल श्रेष्ठले दर्शकको ध्यान खिचेको प्रष्ट देखिन्छ ।
नायक श्रेष्ठ ४ वर्षपछि  दर्शकमाझ आउँदैछन् ।

यसपटक, उनको एङ्ग्री लुक्सलाई दर्शकले मन पराएका छन् । अधिकांश दर्शकले फिल्मले हलिउड स्टाइल एक्सन र मेकिङ शैली अपनाएको भन्दै तारिफ गरेका छन् ।

सार्वजनिक भएको २ दिनमै ११ लाख भ्यूज बटुलेको फिल्मले युट्युबमा उत्कृष्ट प्रतिक्रिया पाएको छ ।यतिमात्र होइन, सुशिलका विभिन्न अन्तरवार्तामा पनि दर्शकले उनीप्रति अथाहा प्रेम देखाएको हेर्न सकिन्छ ।

ट्रेलरमा फिल्मको मेकिङ, स्टाइल, सुशिलको एक्सन उत्कृष्ट देखिएको छ । यसैले, फागुन २९ गते बक्स अफिसमा यो फिल्मले उत्साहजनक व्यापार गर्न सक्ने आँकलन गरिएको छ । विक्की महर्जनको निर्देशनमा तयार भएको फिल्ममा अमित अग्रहरिको लगानी छ ।

फिल्मलाई साहिल खानले सम्पादन गरेका हुन् भने फिल्ममा चुल्ठे काजीको एक्सन कोरियोग्राफी छ । नेपालमा पछिल्लो समय एक्सन फिल्मको लहर नै चलेको छ । दर्शकको ध्यान पनि एक्सन फिल्मले तानिरहेका छन् ।

यस्तो अवस्थामा अन्तरराष्ट्रिय स्तरको एक्सन समावेश यो फिल्मले दर्शकको ध्यान खिच्ने देखिएको छ । फिल्ममा सुशिलको साथमा नरेश पौडेल, शिक्षा संग्रौला लगायतका कलाकारहरुको अभिनय छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया