Close sidebar

फेरि रेशम फिलिली’- गीत ‘कैले घाम म कैले छाया म’ सार्वजनिक

फाल्गुन १८, २०८१

गत बुधबार फागुन १४ गते महाशिवरात्रिको अवसरमा रिलिज भएको सिनेमा ‘फेरि रेशम फिलिली’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । दर्शकबाट मिलेको उत्कृष्ट वडअफ माउथको प्रभाव विस्तारै बक्सअफिसमा देखिन थालेको निर्माता रौनक विक्रम कडेल बताउँछन् ।
बुधबार सार्वजनिक विदाको दिन उत्साहजनक सुरुवात गरेको सिनेमा बिहीबार वीक डेजका कारण केही कम देखिएपनि शुक्रबार परेका विदाको दिन राम्रो व्यापार गरेको निर्माता कडेलले बताए । सिनेमाकी मुख्य अभिनेत्री सुपुष्पा भट्टले शनिबार काठमाडौं उपत्यकाका विभिन्न हलमा दर्शकसँग साक्षात्कार गरेपछि मिडियासँगको कुराकानीमा शुक्रबा दिउँसोदेखि रातीसम्मका प्रायः हल हाउसफूल भएको बताइन् ।

बुधबार यता दर्शकबाट मिलेको उत्कृष्ट वडअफ माउथको प्रभाव शनिबार हलमा देखिएको वितरक गोविन्द शाहीले बताए । शनिबार विहानी शोबाट नै हलमा दर्शकको चाप देखिएको छ । शनिबार दिउसोबाट देशभरका हलमा दर्शकको राम्रो चाप देखिएको अनि धेरै शोहरु हाउसफूल समेत भएको वितरक शाही बताउँछन् । दर्शकको उत्कृष्ट वडअफ माउथको प्रभाव बल्ल हलमा देखिन थालेको उनको बुझाई छ ।

सिनेमाका निर्देशक निरोज महर्जन पनि शुक्रबारबाट हलमा दर्शकको चाप देखिन थालेपछि आफ्नो काम सफल भएको महसुस हुन थालेको बताउँछन् । हामीले निकै दुख गरेर सिनेमा निर्माण गरेकाले दर्शकको साथ अनि उत्कृष्ट प्रतिक्रिया मिल्दा निर्माण क्रममा भोगेका दुख बिर्साउने उनको अनुभव छ ।

यसैबीच सिनेमामा सवावेश गीत ‘कैले घाम म कैले छाया म’ सार्वजनिक भएको छ । यो गीतमा कल्याण सिंहको संगीत र हर्क साउदको शब्द रचना तथा सुगम पोखरेलको स्वर छ ।

सिनेमाको सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरु विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, महेश त्रिपाठी र प्रकाश दाहाल फिचर्ड छन् ।

सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको पनि अभिनय छ ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्धन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।

सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् ।

सिनेमालाई निरोज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन् ।

सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया