Close sidebar

रश्मिका मन्दनाका तीन फिल्मले कमायो तीन हजार एक सय ६५ करोड

फाल्गुन १५, २०८१

पछिल्लो समय भारतीय सिनेमाको ‘पोष्टर गर्ल’ बनेकी अभिनेत्री रश्मिका मन्दनाको डिमाण्ड निकै बढिरहेको छ । किनभने उनले अभिनय गरेका फिल्मले अब पाँच सय करोड कमाउनु सामान्य भइसकेको छ । पछिल्लो समयमा आएका उनका तीन फिल्मले मात्रै तीन हजार एक सय ६५ करोड कमाउन सफल भएका छन ।

विक्की कौशलसँग ‘छावा’ मा समेत देखिएकी रश्मिकाले सो फिल्मले पनि पाँच सय करोड नघाएपछि उनी थप चर्चाको केन्द्रमा रहेकी छिन् । उनका हालै रिलिज भएका तीन फिल्ममध्ये सबैभन्दा बढी कमाउने फिल्मको सूचीमासमेत पर्न सफल भएको छ ।  उनका पछिल्ला तीनै फिल्मले पाँच सय करोड नघाएका छन् ।

‘नेशनल क्रस’ बनेकी रश्मिका अल्लु अर्जुन पुष्पाः २ द रूलमा देखिएकी थिइन्, सो फिल्म १७४० करोड कमाउन सफल भएको थियो, जुन फिल्म भारतीय सिनेमामा सबैभन्दा बढी कमाउने दोस्रो फिल्म हो ।

त्यसअघि रणवीर कपुरकी श्रीमतीको भूमिकामा देखिएकी रश्मिकाको ‘एनिमल’ ले ९१५० करोड कमाएको थियो भने अहिले तेस्रो फिल्म छावाले पनि ५०० करोड ग्रस कलेक्सन कटाइसकेको छ । 

रश्मिकासँगै अक्षय खन्ना र निर्देशक लक्ष्मण उतेकरले पनि यस प्रतिष्ठित बक्स अफिस क्लबमा आफ्नो खाता खोलिसकेका छन्। ‘छावा’ को बक्स अफिस प्रदर्शनले म्याडक फिल्म्सको निर्माणको बढ्दो लोकप्रियतालाई रेखांकित गरेको छ।  सो स्टुडियोले हालैका दुई ठूला भारतीय ब्लकबस्टरहरू मध्ये ‘छावा’ र ‘स्त्रीः २’ ले रेकर्ड तोड बक्स अफिस रेकर्ड बनाएका थिए । सो स्टुडियाका थप फिल्म पनि आउदैँछन, जो ब्लकब्लस्टर हुने अहिले नै अनुमान गर्न सकिनेछ ।  

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया