Close sidebar

“रङ्गी”विद्यार्थी केन्द्रित चलचित्र बन्दै

फाल्गुन ११, २०८१

फागुन २ बाट प्रदर्शनरत चलचित्र  “रङ्गी” सफलताको साथ दोस्रो हप्तामा सिनेमाघरहरुमा चलिरहेको छ । दोस्रो हप्ता सम्म आईपुग्दा चलचित्रका दर्शक विद्यार्थी केन्द्रित बढी भएको देखिएको छ । हल सम्म आएका विद्यार्थी दर्शकहरुले आफ्ना पिताको प्रेम सम्झिएको बताउदै भाबुक भए ।

बालबालिका सङै बृद्धहरु पनि भाव बिहोल भएका दृश्य हलमा प्रसस्त देख्न सकिन्छ । बाबू र छोरीलाई लिएर बनेको चलचित्रले युवा युवती बालबालिका र बृद्धहरुको मनमा गहिरो छाप पारेको देख्न सकिन्छ ।

सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी,  सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । चलचित्र ‘रंगी’ सलोनको डेब्यू निर्माण हो ।

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।

चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया