Close sidebar

चलचित्र ‘होस्टेल ३’को ट्रेलर,युट्युबको मुभिज सेक्सनको ट्रेण्डिङ्गको पहिलो नम्बरमा

फाल्गुन ९, २०८१

चलचित्र ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक भएको ६ घण्टामै युट्युबको मुभिज सेक्सनको ट्रेण्डिङ्गको पहिलो नम्बरमा पुगेको छ। । सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी फागुन २३ गते रिलिज हुने तयारीमा छ ।

चलचित्रको ट्रेलर सार्वजनिक भएको छोटो समयमै युट्युबको मुभिज सेक्सनको ट्रेण्डिङ्गको पहिलो नम्बरमा आउनु भनेको दर्शकलाई ट्रेलरले आकर्शित पारेको बुझ्न सकिन्छ। कलेज र होस्टेल जीवनका अनुभव तथा तिनका विविध घटनाक्रमलाई प्रस्तुत गर्छ । शाहिल खानले सम्पादन गरेको ट्रेलरले जीवनका रमाइला क्षणहरू मात्र होइन, तिनका चुनौतीहरूलाई पनि पर्दामा उतारेको छ । यसमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका मुख्य पात्रको जीवनका झलक देख्न सकिन्छ । अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ प्रतिपक्षी भूमिकामा देखिएका छन् ।

चलचित्रको निर्देशन सशान कँडेलले गरेका छन् । माधव शर्माले लेखन तथा एसोसियट निर्देशनको जिम्मेवारी सम्हालेका छन् । निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर छन् । कार्यकारी निर्माता शङ्कर कोइराला र लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री हुन् ।

अर्जुन तिवारीको छायाङ्कन निर्देशन रहेको चलचित्रलाई सम्पादन विकास दाहालले गरेका छन् । हिमाल केसीको एक्सन निर्देशन, अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको सङ्गीत, र प्रवीण सिंह तथा रोशन विश्वकर्माको नृत्य निर्देशन रहेको छ ।

चलचित्रको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गर्नेछन् ।

ट्रेलरमा आकर्षक दृश्य, रोमाञ्चक कथा र युवा उमङ्ग झल्काउने विभिन्न दृश्यले दर्शकमाझ प्रतीक्षा बढाएको छ । युवा पुस्ताको वर्तमान र अघिल्लो पुस्ताको विगतलाई स्मरण गराउन सफल ट्रेलरबाट ‘होस्टेल ३’ले अघिल्ला सिरिजको जस्तै युवा पुस्तालाई आकर्षित गर्ने अपेक्षा गर्न सकिन्छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया