Close sidebar

‘रंगी’को बुधबार साँझ राजधानीमा ग्राण्ड प्रिमियर सम्पन्न

फाल्गुन १, २०८१

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको चलचित्र ‘रंगी’ले बुधबार साँझ राजधानीमा आयोजना गरेको ग्राण्ड प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ ।

भोलि शुक्रबारबाट रिलिज हुने चलचित्रको प्रिमियरमा उपस्थित चलचित्रकर्मीले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका हुन् ।

अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्र विशेषत बाबुछोरीको कथामा आधारित छ । चलचित्र हेरेपछि निर्देशक दीपाश्री निरौला, कलाकार निर्मल शर्मा, दीपक आचार्य ‘काकु’, कमेडियन भरतमणि पौडेल, कोरियोग्राफर गम्भीर विष्ट, निर्देशक ज्ञानेन्द्र देउजालगायतले चलचित्रको कथावस्तु मन परेको बताए । उनीहरुले बाबुछोरीको सम्बन्ध, कलाकारको अभिनय, प्राविधिक र निर्देशकीय पक्षको तारिफ गरेका थिए ।

चलचित्रमा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन छ । चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । चलचित्र ‘रंगी’ सलोनको डेब्यू निर्माण हो ।

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया