Close sidebar

‘दुखी आत्मा’को बुकिङ ओपन

फाल्गुन १, २०८१

भोलि शुक्रबारदेखि रिलिजमा आउन लागेको चलचित्र ‘दुखी आत्मा’को बुकिङ खुल्ला गरिएको छ । यो चलचित्रको देशका अधिकांश मल्टिप्लेक्सले बुकिङ खुलाएका छन् ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रप्रति प्रदर्शकहरु पनि आशावादी देखिएका छन् । जसकाकारण, चलचित्रले मल्टिप्लेक्समा सुखद शोज पाएको छ ।

यो चलचित्रलाई क्यूएफएक्स चेनले उपत्यकाका हलमा २४ शोज दिएको छ । यस्तै, बीग मुभिजले ३ शोज, वान सिनेमाज् नयाँ बाँनेश्वरमा ५ शोज, कालिमाटीमा ४ शोज, एफक्यूब सिनेमाज्मा ५ शोज, आइएनआई नयाँ बाँनेश्वरमा ४ शोज मिलेको छ ।

काठमाडौं बाहिर पनि यो चलचित्रलाई सुखद शोज मिलेको छ । जसकाकारण, फिल्मले सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।

चलचित्रको टिजर, ब्रेकअप कविता र ट्रेलरले दर्शकको साथ पाइसकेको छ । सामाजिक कथामा नयाँ नयाँ बिषय पस्कन सफल मानिएका दीपेन्द्रको यो चलचित्रले यौन समस्याका कारण एक पुरुषले भोग्ने विभिन्न तनावको कथालाई प्रस्तुत गरेको छ ।

हिमाल कडरियाको निर्माणमा सुदिप ढकाल कार्यकारी निर्माता रहेको यो चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया