Close sidebar

‘परालको आगो’मा कलाकार जितु नेपालको इन्ट्री

माघ ३०, २०८१

चलचित्र ‘परालको आगो’मा कलाकार जितु नेपालको इन्ट्री भएको छ । हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेल र कलाकार जितु नेपाल बिच बुधवार कागजी संझौता गरिएको छ ।

लक्ष्मण सुनारले निर्देशन गर्ने चलचित्र कथाकार गुरु प्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण गर्न लागेको हो । यो चलचित्रले चामे, गौंथली र जुठे दमाईको कथा प्रस्तुत गर्नेछ ।

आउँदो वर्ष रिलिज हुने यो चलचित्रमा जितु एक पात्रको भूमिकामा देखिन लागेका हुन् । यो चलचित्रमा नायिका सुहाना थापा पहिल्य नै अनुबन्धित भइसकेकी छिन् । यस्तै, अर्की एक महिला कलाकारलाई चाडै नै अनुबन्धित गर्ने निर्माणपक्षले जनाएको छ ।

चलचित्रमा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सत्य–स्वरुपराज आचार्यको संगीत रहने यो चलचित्रलाई यसपटक लोकेशन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले प्रस्तुत गर्ने बताइएको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया