Close sidebar

एकता पौडेलको डेब्यू निर्देशनमा ‘हर्ष’ निर्माण हुने, खगेन्द्रको जोडी आँचल

माघ २८, २०८१

अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछानेलाई जोडी बाँध्दै ‘हर्ष’ चलचित्र बन्ने भएको छ । चलचित्रलाई डेब्यू निर्देशक एकता पौडेलले निर्देशन गर्नेछिन ।

ई प्राइम मुभिजको ब्यानरमा बन्ने चलचित्रमा हाललाई प्रमुख कलाकारमा आँचल र खगेन्द्रमात्र फाइनल भएका छन् । उनीहरुका अलावा अन्य कलाकारको जानकारी निर्माणपक्षले केही समयपछि दिने जनाएको छ ।

चलचित्रलाई प्रशन्न पौडेल र विकास पौडेल (चितवन)ले निर्माण गर्दैछन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहेका छन् ।

आलोक शुक्लाको सिनेम्याटोग्राफी रहने चलचित्रमा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर रहेका छन् ।

को हुन नव निर्देशक एकता पौडेल ?

एकता पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन भने उनले न्यूयोर्क फिल्म एकेडेमीमा चलचित्र मेकिङ अध्ययन गरेकी छन् ।

आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन् । यसका अलावा उनले केही छोटा चलचित्रहरु बनाएकी छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया