Close sidebar

चक्र बहादुर चन्दको शब्दमा ‘यो माया भन्ने चिज’ सार्वजनिक

माघ २६, २०८१

काठमाडौं – सामाजिक क्षेत्रमा क्रियाशील अभियन्ता तथा चलचित्र निर्माता चक्र बहादुर चन्दले गीत लेखनमा समेत आफ्नो पहिचान बनाएका छन् । हालै उनको शब्दमा रहेको नयाँ गीत ‘यो माया भन्ने चिज’ सार्वजनिक भएको छ ।

गायिका सपना शाहीको आवाज र बिबि अनुरागीको सङ्गीत रहेको यो गीत सपना शाहीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतकार चन्दले गीतलाई भ्यालेन्टाइन डेको अवसर पारेर प्रेमिल गीत बजारमा ल्याएको बताए ।

गीतको भिडियोको कन्सेप्ट पनि चन्दकै हो । किशोर सिंहले छायाङ्कन गरेको भिडियोका सम्पादक हरिश धिताल हुन् । दूरदर्पण स्टुडियोले सम्पादन र प्रिज्म स्टूडियो रेकर्ड गरेको छ । यो गीतले माया र प्रेमको भावनालाई उजागर गरेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया