Close sidebar

‘पहाड’को छायांकन सुरु

माघ २२, २०८१

भाग्य रत्न फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने चलचित्र ‘पहाड’को छायांकन सुरु भएको छ । वरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशनमा बन्न लागेको यो चलचित्रको छायांकन गोरखाबाट सुरु गरिएको हो ।

मंगलबार बिहान गोरखा दरबारमा पुजा गरेपछि मुख्य कलाकारहरू मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यू नायिका पञ्चमी घिमिरेले मुहूर्त सट दिएसँगै चलचित्रको छायांकन सुरु भएको हो ।

युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएको पहाड र यसले निम्त्याएको आर्थिक र सामाजिक समस्याको कथालाई उठान गरेको यो चलचित्रले मानव बसोबासविहिन बनेको उच्च पहाडको कथा र देशको आवश्यकतालाई चित्रण गर्छ ।

ओजस्वी केसी निर्माता रहेको यो चलचित्रमा प्रमोद प्रधानको छायांकन रहनेछ । प्रमोदले निर्देशक घिमिरेसँग ‘अन्याय, कोसेली, चिनो र दक्षिणा’मा सहकार्य गरेका छन् ।

यो चलचित्रको छायांकन गोरखामा २५ दिन र भारतमा १५ दिन हुनेछ । रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह–निर्माता रहेको चलचित्रले दर्शकको माया पाउने विश्वास गरिएको छ । चलचित्रमा विपिन कार्की, सुनिल थापा लगायतका कलाकारहरूको अभिनय छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया