Close sidebar

रिलिजको ३ घन्टामै ट्रेन्डिङमा ‘दुखी आत्मा’को ट्रेलर

माघ २२, २०८१

सार्वजनिक भएको ३ घन्टामै चलचित्र ‘दुखी आत्मा’को ट्रेलर युट्युबको ट्रेन्डिङमा परेको छ । युट्युबको सिनेमा सेक्सन अन्तरगतको ट्रेन्डिङमै प्रवेश गरेको यो चलचित्रले दर्शकको उत्साहजनक साथ पाएको छ ।

हाल यो चलचित्रको ट्रेलर युट्युबको मुभी सेक्सन अन्तरगत ४ नम्बर ट्रेन्डिङमा छ । यो चलचित्रको कथावस्तु, प्रस्तुति, संवाद र कलाकारहरुको अभिनयलाई दर्शकले रुचाएका छन् ।

यस्तै, चलचित्रको ट्रेलर जापान, कतार र अष्ट्रेलियामा पनि ट्रेन्डिङमा छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको यो चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय छ ।

यौन दुर्बलताको कथा भन्ने यो चलचित्रमा नायक दयाहाङ राइको फरक भूमिका छ । जसले गर्दा दर्शकले यो चलचित्र हेर्न इच्छुक रहेको प्रतिक्रिया पनि दिएका छन् ।

दर्शकको उत्साहजनक प्रतिक्रिया पाएपछि यसको निर्माणपक्ष पनि उत्साहित देखिएको छ । फागुनको २ गते प्रेम दिवसको अवसर पारेर यो चलचित्र रिलिजमा आउँदैछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया