Close sidebar

दुःखी आत्मा ट्रेलरः ‘मलाई कविता होइन कवि चाहिएको हो’

माघ २१, २०८१

चलचित्र ‘दुःखी आत्मा’को ट्रेलर निर्माणपक्षले सार्वजनिक गरेको छ । चलचित्र रिलिजको १० दिन अगाडि मात्र ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा समावेश गरिएको एक कवितामा भनिएको छ–‘नदीले बगरलाई सोधिन्, के तिमीलाई प्यास लाग्दैन । बगरले नदिलाई जवाफ दिइन्–‘युगौदेखि म आँखाले प्यास मेटेर बाँचिरहेछु ।’
यो कविताले पनि चलचित्रले कस्तो भन्न खोजेको हो वुझ्न सकिन्छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको चलचित्रमा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको यो फिल्ममा श्रवण मुकारुङका १० कविता समावेश गरिएको छ । चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारहरुको अभिनय छ ।

क्लर्क वर्क क्रियशनको व्यानरमा निर्माण भएको यो चलचित्र फागुनको २ गते प्रेम दिवसको अवसर पारेर रिलिजमा आउँदैछ । टिजर, गीतसंगीत र ब्रेकअप कविताका कारण दर्शकको ध्यान तान्न सफल भएको थियो ।
सार्वजनिक ट्रेलरमा दया र आँचलको प्रेम, नोकझोक र प्रेमभाव समेटिएको छ । ट्रेलरमा समावेश थुप्रै संवादले दर्शकको ध्यान खिच्ने देखिएको छ ।

Tags: dukhi aatmaa

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया