फुर्वा छिरिङ लामाको निर्देशनमा तयार भएको चलचित्र ‘जार’को अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तय गरिएको छ । फेरि टेल पिक्चर्सले यो चलचित्रलाई आउँदो वर्षको वैशाख २६ गतेबाट रिलिज गर्ने घोषणा गरेको छ ।
सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य तीन पात्रहरू सौगात मल्ल, अनुप विक्रम शाही र गीताञ्जली थापालाई देख्न सकिन्छ । गीताञ्जलीले भारतको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत जितिसकेकी छिन् । चलचित्रको सम्पूर्ण छायांकन सिक्किममा गरिएको हो । यो चलचित्रका अधिकांश प्राविधिक पनि भारतबाटै छन् ।
होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा यो चलचित्र निर्माण भएको हो । चलचित्रको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, निरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।
साहित्यकार इन्द्र बहादुर राइको कथामा आधारित यो चलचित्रले सन् १८ सयको दशकको अन्त्यतिर नेपाली समाजमा घटेको एक यथार्थ घटनालाई प्रस्तुत गरेको छ । सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा झुमा लिम्बु र गंगा थापाको संगीत छ ।