Close sidebar

अक्षय कुमारले बेचे मुम्बइको घर

माघ १३, २०८१

बलिउड स्टारहरूलाई फिल्मबाट कसरी कमाउन सकिन्छ भन्ने थाहा छ भने उनीहरूमा लगानी गर्ने सीप पनि उत्तिकै रहेको छ। 

 

मुम्बईमा धेरै स्टारका आलिशान घरहरू रहेका छन् । कोही घर भाडामा दिन्छन् त कोही चर्को मूल्यमा बेच्छन् । हालै बी–टाउनका खिलाडी उर्फ ​​अक्षय कुमार पनि आफ्नो महँगो सम्पत्ति बेचेर चर्चामा आएका छन् ।

 

स्काई फोर्सको रिलिजलाई लिएर चर्चामा रहेका अक्षय कुमार रियल स्टेटमा लगानी गर्न अग्रपंक्तिमा रहेका स्टारमध्येका एक हुन् । अक्षयको मुम्बईदेखि गोवासम्म धेरै घरहरू रहेका छन् । अब एक समाचार अनुसार अभिनेताले हालै आफ्नो करोडौंको घर बेचेका छन् । जुन घर बोरिवली पश्चिममा थियो।

 

स्क्वायर यार्डका अनुसार यस लेनदेनसँग सम्बन्धित सम्पत्ति दर्ता कागजातहरू समीक्षा गरिएको छ। अक्षय कुमारद्वारा बेचेको सम्पत्ति स्काई सिटीमा स्थित छ, ओबेरोय रियल्टीद्वारा विकसित र २५ एकडमा फैलिएको छ। अभिनेताले यो अपार्टमेन्ट ४.२५ करोडमा बेचेका हुन् । जुनवाट उनले ७८ प्रतिशत नाफा कमाउन सफल भएका थिए ।

अक्षय कुमारले यो सम्पत्ति नोभेम्बर २०१७ मा किनेका थिए । त्यतिबेला उनले यो घरका लागि २.३८ करोड मात्रै तिरेका थिए । अपार्टमेन्टमा १,०७३ वर्ग फुट क्षेत्रफलको छ र यसमा दुईवटा कार पार्किङ ठाउँहरू पनि छन्। तर, कारोबारमा भने २५.५ लाखको स्ट्याम्प शुल्क र रु ३०,००० दर्ता शुल्क समावेश गरिएको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया