अनिल योञ्जनको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘कुस्ती’मा दिकिला शेर्पा अनुबन्धित भएकी छिन् । यो चलचित्रको टिमसँग कागजी संझौता गरेर दिकिलाले वर्कशप समेत जोइन गरिसकेकी छिन् । दिकिला एमटीभीको चर्चित रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी हुन् ।
यो चलचित्रको लागि पहिले नै नायक धिरज मगर र नायिका मिरुना मगरले काम गर्ने पक्का भइसकेको छ । फागुनबाट छायांकन सुरु गर्ने तयारी निर्माणपक्षको छ भने यो चलचित्रलाई कलाकार वुद्दि तामाङले निर्माण गर्दैछन् ।
यो चलचित्रलाई आउँदो बर्षको भदौ महिनामा रिलिज गर्ने तयारी गरिएको छ । दिकिलाले भारतबाट नेपाल आएर चलचित्रको पात्रका लागि स्क्रिन टेष्ट दिएर छनोट भएको निर्देशक योञ्जनले जानकारी दिए ।
अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रले छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथालाई बताउने निर्देशक योञ्जनको भर्नाइ छ ।