Close sidebar

चलचित्र ‘मंगलम’को दोस्रो भाग ‘मंगलम २’ निर्माण हुने

माघ ६, २०८१

२०७४ सालमा निर्माण भएको चलचित्र ‘मंगलम’को दोस्रो भाग ‘मंगलम २’ निर्माण हुने भएको छ । छविराज ओझा र दिजेन्द्र शाक्यको निर्माण रहने चलचित्रमा ‘मंगलम २’मा नवल नेपालको निर्देशन रहनेछ ।

छविराज प्रोडक्सन र गुण सिनेमा प्रालिको व्यानरमा ‘मंगलम २’ निर्माण हुनेछ । नवलले यसअघि यो व्यानरका दुई चलचित्र ‘लज्जा’ र ‘मंगलम’ निर्देशन गरेका थिए ।

चलचित्र ‘मंगलम’को गीत ‘पर्ख पर्ख मायालु’ अहिले पनि उत्तिकै लोकप्रिय छ ।‘मंगलम २’का लागि निर्माता ओझाले निर्देशक नेपाललाई आइतबार अनुबन्ध गरेका छन् ।

निर्माता ओझाका अनुसार चलचित्रका कलाकार तथा प्राविधिक भने केही समयपछि सार्वजनिक हुनेछन् । 

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया