Close sidebar

नेपाली साइन्स फिक्सन चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक

माघ ६, २०८१

नेपाली साइन्स फिक्सन चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। चलचित्रका मुख्य पात्र विजय लामाको क्यारेक्टर पोस्टरमा उनलाई वृद्ध गेटअपमा प्रस्तुत गरिएको छ। उक्त क्यारेक्टरको नाम भिस्म रहेको छ । साथइ, उक्त पोस्टरको साइडमा ‘इन्टरड्युसिङ्ग मुटु’ लेखिएको छ।

चलचित्रका निर्देशक प्रदीप शाही हुन् । बेलायतमा लामो समयदेखि बस्दै आएका शाहीले ‘एक्लो’लाई हलिउड स्तरको चलचित्र बनाउनका लागि कडा मेहनत गरिरहेका छन्। अहिले चलचित्रको पोस्ट प्रोडक्सन लण्डनमा भइरहेको छ, र निर्देशक शाहीका अनुसार चलचित्रको सम्पूर्ण कार्य सकिएपछि मात्र प्रदर्शन मिति फाइनल गरिनेछ।

यस चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोद कुमार सुवेदी, क्षितिज, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिङ लगायत बेलायती अभिनेता जेमी बेकनको पनि अभिनय रहेको छ।

‘एक्लो’का निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा र बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज छन्। बाबु श्रेष्ठको छायाङ्कन, राजु तामाङको द्वन्द्व निर्देशन, र सन्तोष लामाको कला निर्देशन सहित अन्य विभिन्न प्राविधिक सदस्यहरूको योगदानले चलचित्रलाई उत्कृष्ट बनाउनका लागि काम भइरहेको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया