Close sidebar

‘माग्ने राजा’मा आर्यन सिग्देल अनुबन्धित

माघ ६, २०८१

फाल्गुन पहिलो साता देखि फ्लोरमा जान लागेको चलचित्र ‘माग्ने राजा’को महत्वपूर्ण भूमिकामा अभिनेता आर्यन सिग्देलको ईन्ट्री भएको छ ।

निर्देशक ऋषि लामिछानेले दिएको जानकारी अनुसार चलचित्रको सवै भन्दा महत्वपूर्ण भूमिकाका लागि आर्यनलाई अनुबन्ध गरिएको हो । पछिल्लो समय लगालग ठूला–ठूला चलचित्रमा देखिन थालेका आर्यनले महाभोजको छायाँकन सकेलगत्तै “माग्ने राजा’को सेट जोइन गर्ने गरी सहमति दिएका हुन ।

माग्ने र आर्यन तेश्रो पटक फिल्मको पर्दामा सँगै देखिन लागेका हुन । उनीहरुले सवै भन्दा पहिले छक्का पञ्जाको पहिलो श्रृङखला र हालसालै रिलिज भएको छक्का पञ्जा ५ मा एक साथ काम गरिसकेका छन । छक्का पञ्जाको पहिलो श्रृङखलामा पनि आर्यनले प्रियंका कार्कीको प्रेमी बनेर कथालाई टीवष्ट दिने भूमिका निर्वाह गरेका थिए भने ५ मा पृथ्वीनारायण शाहको भूमिकालाई गज्जवले न्याय गर्दै कथामा नयाँ मोड ल्याईदिएका थिए ।

यो चलचित्रमा पनि आर्यनको छक्का पञ्जाको जस्तै एक्सटेन्डेन्ट केमियो हुनेछ । एक्सटेन्डेन्ड केमियो भन्नाले लामो केमियो हो । कुनै सेलिब्रिटी वा प्रसिद्ध व्यक्तिले विशेष रुपमा दिएको उपस्थिति हो, जुन सामान्य केमियोको तुलनामा लामो समयसम्म देखिन्छ । केमियो प्रायः छोटो र बिना संवादका भूमिकामा हुने गर्छ, तर लामो केमियोमा भूमिका अलि बढी महत्वपूर्ण र अन्तक्र्रियात्मक हुन सक्छ ।

सामिप्य राज तिमिल्सनाको पटकथा सम्बादमा रहने चलचित्रमा केदार घिमिरे (माग्ने बुढा) शीर्ष भूमिका मा देखिनेछन । यि बाहेक अभिनेत्रीमा बर्षा शिवाकोटी, मिस पवि, शिशिर बाङदेल लगायतका कलाकार फाइनल भईसकेका छन । चलचित्रको छायाँकन नरेन्द्र मैनालीले गर्दैछन भने संगीत दीपक शर्माले तयार गर्दैछन ।

करिब ३ करोडको लागतमा निर्माण हुन लागेको यो चलचित्रलाई कलाकार समेत रहेका निर्माता एवं हाल दाङको घोराही उपमहानगरपालिका–४ को वडाध्यक्षका रुपमा समेत चिनिएका मुनाल घिमिरेले निर्माण गर्न लागेका हुन । चलचित्रमा अन्य लोकप्रिय कलाकारहरुको समेत ईन्ट्री हुने जानकारी दिईएको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया