Close sidebar

‘सारंग’को गीत ‘तिमी नै हौ’ रिलिज

माघ ४, २०८१

प्रशान्त तामाङ निर्देशित चलचित्र ‘सारंग’को गीत ‘तिमी नै हौ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बाल कलाकार आदित्य कार्की र सम्राट थापाको अब्बल अभिनय देख्न सकिन्छ ।

भिडियोमा रिचा शर्मा, उत्पल झा लगायतलाई समेत प्रस्तुत गरिएको छ। सुमन सिंगलेले लेखेको गीतमा देवेन्द्र बरालको स्वर छ । शङ्कर थापा स्माईलको सङ्गीत रहेको गीतमा विषम आचार्यको सङ्गीत संयोजन रहेको छ ।

चलचित्र आउँदो माघ २५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । कोरियोग्राफरको रूपमा परिचित निर्देशक तामाङ स्वयम्को लेखन रहेको चलचित्रमा सम्राट, आदित्य, उत्पल र ऋचासँगै, समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, नीरज ब्ल्याक, विश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर जङ्ग केसी, प्रभात श्रेष्ठ लगायतको अभिनय रहेको छ।

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । पुष्पा लिम्बू र बिनु गुरुङ सह निर्माता रहेको चलचित्रका गीतमा शङ्कर थापा ‘स्माइल’ र नकुल कार्कीको सङ्गीत, डिपी खनालको गीत र सुष्मा राईको कोरियोग्राफी रहेको छ । चलचित्रको डिओपी गोपाल राय हुन् । मित्र डी गुरुङले सम्पादन गरेको चलचित्र स्टेसन ५ ले वितरण गर्दैछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया