Close sidebar

पलको ‘मायाबी’मय महोत्सव

माघ ३, २०८१

नायक पल शाहलाई महोत्सवमा भ्याई नभ्याई छ । उनी हरेक दिनजसो महोत्सवमा नाचिरहेका हुन्छन् । उनले महोत्सवमा आफ्ना हिट गीतमा दर्शक झुमाइरहेका छन् ।

तर, विगत केही दिनदेखि भने पललाई महोत्सवमा ‘मायाबी’ लागेको छ । फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रको प्रचारमा पल कुदिरहेका छन् । उनले, बेनीमा आयोजना भएको महोत्सवमा चलचित्रको ‘टल टल’ बोलको गीत रिलिज गरेका थिए ।

उनी बारा पुगेर फेरि यही गीतमा दर्शकसँग झुमेका छन् । यतिमात्र होइन, पलले दर्शकलाई चलचित्रको बिषयमा प्रश्न सोधे र टिसर्ट समेत उपहार दिए ।
दर्शकहरु चलचित्र हेर्नका लागि निकै आतुर रहेको पलको वुझाई छ । चलचित्रप्रति दर्शकको बढ्दो उत्साहले आफू निकै खुशी भएको पलको भनाई छ ।

नायक शाहले ‘मायाबी’ एउटा विशुद्ध प्रेमकथा र मित्रताको कथामा बनेको चलचित्र भन्दै दर्शकलाई हेर्न आग्रह गरेका थिए । चलचित्रको दोस्रो गीत ‘टलटल’लाई दर्शकहरुले रुचाइरहेका छन् । यसैले, अहिले महोत्सवमा यो गीतको पनि माग बढेको पलको भनाई छ ।

दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्र फागुनको १४ गतेबाट रिलिजमा आउँदैछ । चलचित्रमा पलको साथमा दीपिका प्रसाँई, सुशिल सिटौला, प्रशान्त ताम्राकार, करिश्मा श्रेष्ठ, नव–नायक समिम खान लगायतका कलाकारहरुको अभिनय छ ।

दर्शकले लामो समयदेखि एक विशुद्ध प्रेमकथामा बनेको चलचित्र हेर्न नपाइरहेको समयमा ‘मायाबी’ रोजाइमा पर्ने विश्वास निर्माणपक्षको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया