Close sidebar

‘बलिदान’को छायांकन सम्पन्न

माघ २, २०८१

सन्तोष सेनको निर्देशनमा तयार भइरहेको चलचित्र ‘बलिदान’को प्रि–क्लाइमेक्स’को दृश्यको छायांकन सम्पन्न भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित सिमसार कालिचौरमा १० हजार बढी मानिसहरूलाई सहभागी गराउँदै प्रि–क्लाइमेक्सको दृश्य सम्पन्न भएको छ।

महोत्सवको आयोजना गर्दै हजारौंको भिडमा चलचित्रको छायांकन गरिएको निर्माणपक्षले जनाएको छ । निर्माणपक्षका अनुसार, काल्पनिक राज्य भिलमगढका कुटिल राक्षसलाई समाप्त पारेर युग पुरुष नायकले आह्वान गरेको एकता सभामा रौद्र अवतारकी काली माताको भव्य मुर्तिको उद्घाटन गर्ने दृश्यको छायांकन गरिएको हो ।

प्रि–क्लाइमेक्स’को दृश्यको छायांकनमा यो चलचित्रका मुख्य कलाकारहरू समीर भट्ट, ऋचा शर्मा, अर्पण थापा, कामेश्वर चौरासिया लगायत सहभागी थिए ।

यो चलचित्रको अब ३ प्रतिशत छायांकन गर्न बाँकी छ । बिहिबार छायांकन हुन लागेको एक्सन दृश्यका लागि दक्षिण भारतीय एक्सन कलाकारहरुको टोली सिमसारमा पुग्दैछ । समीरले डेढ सय भिलेनसँग एक्सन गर्नेछन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया