Close sidebar

‘मायावी’को पोस्टर रिलिज, दीपिकासँग पलको प्रेम र पीडा

पुस २६, २०८१

फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘मायावी’को दुई नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले चलचित्रको एउटा गीत सार्वजनिक गरेपछि दुई नयाँ पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा नायक पल शाह र नायिका दीपिका प्रसाइलाई स्थान दिइएको छ । एक पोस्टरमा पल दीपिकासँग रोमान्टिक देखिएका छन् भने अर्को एक पोस्टरमा पल भावुक देखिएका छन् । दुई पोस्टरबाट फिल्मले प्रेम र पीडाको भाव व्यक्त गर्ने वुझ्न सकिन्छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा क्रियटिम सिने आर्टस् र नेम महर्जनको लगानी छ । चलचित्रमा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त निर्माताको रुपमा छन् । साथै, चलचित्रमा राजु पराजुली र सुमित वली सह–निर्माताको रुपमा छन् ।

चलचित्रमा पल र दीपिकाको साथा सुशिल सिटौला, करिश्मा श्रेष्ठ र नव–कलाकार समीम खानको अभिनय छ । साथमा राजाराम पौडेल, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय छ । यो चलचित्रको कार्यकारी निर्माता प्रविन भट्टराई र करण सिंह हुन् ।

चलचित्रमा मिलन श्रेष्ठको सम्पादन, बसन्त अधिकारीको सह–निर्देशन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी छ । राकेश दाहालले पोस्टरको डिजाइन गरेका हुन् । विकास खतिवडाले पोस्टरका लागि फोटोसुट गरेका हुन् ।
चलचित्र ‘मायावी’ले प्रेम, विछोड र मित्रताको कथा भन्छ । सांगीतिक प्रेम कथामा बनेको चलचित्रलाई बर्षकै प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया