अभिनेता दयाहाङ राइको प्रमुख भूमिका रहेको चलचित्र ‘कार्साङ’ आजबाट प्रदर्शनमा आएको छ । उनको यो चलचित्र लामो समयपछि प्रदर्शनमा आएको हो ।
यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्रको प्रस्तुतकर्ता आङछिरिङ शेर्पा हुन् । चलचित्रले बुधवार प्रिमियर राम्रो प्रतिक्रिया पाएको थियो ।
२ घन्टा ५ मिनेटको ‘कार्साङ’ ले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ । यो चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् ।