Close sidebar

बुलेट प्रुफ बनाइयो सलमान खानको बाल्कोनी र झ्याल

पुस २४, २०८१

सलमान खानको घरमा बुलेट प्रुफ पर्खाल बनाइएको छ । 

 

गत वर्ष अप्रिलमा मुम्बईमा सलमानको ग्यालेक्सी अपार्टमेन्टमा लरेन्स गिरोहसँग सम्बद्ध बदमाशहरूले गोली चलाए पछि उनको सुरक्षा चिन्ता बढीरहेको बेला यो कार्य गरिएको हो । 

 

सो घटना पछि सलमानको घरमा सुरक्षा बढाइएको थियो । सोही क्रममा अहिले उनीहरुको बालकनी र झ्याल बुलेट प्रुफ बनाइएको हो ।

 

सलमानको ग्यालेक्सी अपार्टमेन्टमा केही समयदेखि पुनर्निमार्णको काम चलिरहेको थियो । अहिले अपार्टमेन्टको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनको बालकनी र झ्यालमा बुलेट प्रुफ गिलास देखिएका छन् ।

 

एनडीटीभीका अनुसार सलमानको सुरक्षा प्रणाली उच्च प्रविधियुक्त बनाइएको हो । घर वरिपरि उच्च रिजोल्युसनका सीसीटीभी क्यामेरा पनि जडान गरिएको छ ।

 

सलमान खान ग्यालेक्सी अपार्टमेन्टको भुईं फ्लोरमा १ बीएचकेमा बस्छन् भने उनका आमाबुवा यस अपार्टमेन्टको पहिलो तल्लामा बस्दै आएका छन् । 

८ महिनाअघि गत अप्रिल १४ मा बिहान ५ बजे सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा ७.६ बोरको बन्दुकबाट ४ राउण्ड फायर भएको थियो । गोली चलाउने घरबाहिर राखिएको सिसिटिभी क्यामेरामा कैदसमेत भएका थिए । गोलीबारी सोही पर्खालमा भएको थियो, जहाँबाट केही टाढा सलमानको बालकनी छ, जहाँ उनी आफ्ना फ्यानहरूलाई भेट्न आउने गर्छन्।

 

 

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया