चलचित्र ‘ममी’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजाधानिमा पत्रकार समेलनको आयोजना गरेर ‘म त यसै नक्कली’ बोलको गीत सार्वजनिक गरिएको हो ।
समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द, एसडी योगीको संगीत र विक्रम स्वारको कोरियोग्राफी रहेको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू प्रियंका कार्की र दीया मास्केको बुलन्द् डान्स हेर्न सकिन्छ ।
समर निरौलाको निर्देशन रहेको यो चलचित्रमा पूर्णिमा जोशी र समरको लेखन, लोकराज जोशी, पूर्णिमा जोशीको लगानी, निशाल पौडेल र शरद महत्तोको छायांकन, सुरेन महर्जनको सम्पादन, सुमन कोइराला कार्यकारी निर्माताको रुपमा छन् ।
हरर कथामा निर्माण गरिएको यो चलचित्र माघको २५ गतेबाट रिलिजमा आउन लागेको हो । चलचित्रमा सुलक्षण भारती, समिप निरौला, आयुषी ढकाल, जेभिस श्रेष्ठ, घनश्याम जोशी लगायतका कलाकारहरुको अभिनय छ ।