Close sidebar

पोस्टरले दर्शकमाझ प्रतिक्षित ‘लाज शरणम्’

पुस २२, २०८१

फागुन १४ गतेबाट प्रदर्शन हुने चलचित्र ‘लाज शरणम्’को पोस्टरले दर्शकप्रति अपेक्षा बढाइदिएको छ । सार्वजनिक गरिएको यो चलचित्रको पोस्टरले चलचित्रप्रतिको अपेक्षा बढाइदिएको हो ।

कमेडी र कथा एकसाथ देखिएको पोस्टर रिलिज भएपछि दर्शकमाझ झनै यो चलचित्र प्रतिक्षित बन्न पुगेको हो । पोस्टर, टिजर र ट्रेलर चलचित्रको सारांश हुन् । ‘लाज शरणम्’को टिजर र ट्रेलर त आउन बाँकी नै छ । तर पोस्टरले भने यो चलचित्रको हाइप बढाउ निकै मदत गरेको छ ।

यो चलचित्रलाई कुमार कट्टेल (जिग्री ब्रो’ले निर्देशन गरेका छन् । चलचित्रमा मुकुन्द श्रेष्ठ, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय छ । सिनेमालाई सुदीप बरालले छायांकन गरिरहेका छन् ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने छन् । चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।

‘लाज शरणम्’को विदेश प्रदर्शन अधिकार बिक्री भइसकेको छ । नेपालमा भने यो चलचित्रलाई ब्यांकटेस इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया