Close sidebar

चर्चित गायिका बविना भट्टराईको नयाँ गीत ‘भेट्नु र छुटिनु’ सार्वजनिक

पुस २१, २०८१

नेपाली सुगम संगीतको क्षेत्रमा चर्चा कमाइरहेकी गायिका बविना भट्टराईको नयाँ गीत ‘भेट्नु र छुटिनु’ सार्वजनिक भएको छ।

गीतकार सरला श्रेष्ठको शब्द र निर्मल दियालीको संगीतमा तयार भएको यो गीत सामाजिक सञ्जालमा एकैसाथ सार्वजनिक गरिएको हो।

‘मेची देखि महाकाली सम्म’ कार्यक्रमको प्रस्तुति र इमेज एफएम ९७.९ को सहयोगमा सार्वजनिक भएको यो गीतको एरेन्ज बुद्ध स्याङ्वाले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ प्रकाश मिश्रको रहेको छ। गीतको रेकर्डिङ अकष्टिक नेपाल स्टुडियो, नक्सालमा राजा बाबु थारु र दिल समर्पणले गरेका छन्।

गीतको भिडियोमा गायिका बविना भट्टराईलाई गीतको भावमा डुबेको देख्न सकिन्छ। भिडियोलाई निर्देशन गरेका छन् ए.जे अजुले भने सम्पादन र कलर अनिल विष्ट प्युठानीले गरेका छन्। गीतको भिडियोमा रिया श्रेष्ठको नृत्यले विशेष आकर्षण थपेको छ, जसले भिडियोलाई अझ जीवंत बनाएको छ।

गीतको भाव सन्देश दिंदै, जीवनका विविध मोडको अनुभव प्रस्तुत गरेको छ, जहाँ भेट्नु र छुट्नु नै जीवनको हिस्सा हो। गीतलाई धेरै व्यक्तिहरूको जीवनसँग मेल खाने गरी तयार गरिएको छ।

यो गीतका माध्यमबाट बविना भट्टराई नेपाली गीति क्षेत्रको एक उज्जवल भविष्यका प्रतीकको रूपमा प्रस्तुत भएकी छन्, जसले संगीत र भावनासँगको अनौठो सन्तुलन देखाएकी छन्।

Tags: song

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया