Close sidebar

प्रेमको आभाष गराउने ‘मायाबी’को ‘त्यो माया हो’

पुस १८, २०८१

चलचित्र ‘मायाबी’को नयाँ गीत सार्वजनिक गरिएको छ । निर्माणपक्षले चलचित्रको पहिलो रोमान्टीक गीत ‘त्यो माया हो’ सार्वजनिक गरेको हो ।

सार्वजनिक यो गीतमा एसडी योगी र सदीक्षा कट्टेलको स्वर, राम अविरल बिष्टको शब्द, एसडी योगीकै संगीत, कविराज गहतराजले कोरियोग्राफी रहेको छ ।

दिवाकर भट्टराइको कथा, लेखन तथा निर्देशन रहेको यो चलचित्रको सार्वजनिक गीतको भिडियोमा मुख्य दुई कलाकारहरु नायक पल शाह र नायिका दीपिका प्रसाँइ फिचर्ड छन् । सफ्ट शैलीको यो रोमान्टिक गीतमा पल र दीपिकाले एक अर्कामा प्रेमको भावना पोखेका छन् ।

चलचित्रमा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी, प्रविण भट्टराई र करण सिंह कार्यकारी निर्माता, मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओलीको सह–निर्माण, राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादक, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, साहिल खानको ट्रेलर छ ।

प्रेम कथामा निर्माण गरिएको यो चलचित्रमा पल र दीपिकाको साथमा प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अञ्सु महर्जन, राजाराम पौडेल, रवि डंगोल, राम प्रसाई, दीपेन्द्र सिम्खडा, संगीता सिलवालको अभिनय छ । यो चलचित्र फागुनको १४ गतेबाट रिलिजमा आउदैछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया