Close sidebar

सौगात र गरिमाको ‘जन्ते बाख्रो’को शुभसाइत सम्पन्न

पुस १२, २०८१

यही पुषको २० गतेदेखी छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘जन्ते बाख्रो’को शुभसाइत गरिएको छ । शुक्रबार काठमाडौं कमलादीको गणेश मन्दिरमा शुभसाइत गरिएको हो ।

अभिनेता सौगात मल्ल र नायिका गरिमा शर्माको प्रमुख भूमिका रहने चलचित्रको मुहूर्त पूजामा मुहूर्त सट पनि खिचिएको छ । ग्रामीण परिवेशको कथामा निर्माण गरिने यो चलचित्रलाई सिमोस गुरुङको निर्देशन गरेका हुन् ।

चलचित्रको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। चलचित्रमा सन्तोष गौतम र निर्देशक सिमोस स्वयं निर्माताका रूपमा छन् । फिल्मलाई मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागिएको हो ।

चलचित्रमा आसिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चलचित्रलाई हरि हुँमागाईले छायांकन गर्ने छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया