Close sidebar

‘जुना’को फस्टलुक सार्वजनिक

पुस १०, २०८१

माघको २५ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘जुना’को फस्टलुक सार्वजनिक गरिएको छ । बुधवार सार्वजनिक गरिएको यो चलचित्रको फस्टलुकमा कलाकार अस्मिता ढकाल प्रस्तुत छिन् ।

गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिको व्यानरमा निर्माण भएको यो चलचित्रलाई जीवन सेन्चुरी निर्देशन छ । फस्टलुकमा अस्मितालाई ग्रामीण पहिरनमा देख्न सकिन्छ । सिन्दुर, पोते र हातमा बाला लगाएकी अस्मिता कतै हेरिरहेकी छन् । यो पोस्टरलाई राकेश दाहालले तयार पारेका हुन् ।

चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मि भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र विके र केशव अधिकारीको अभिनय छ ।

‘बाल विवाह सामाजिक अपराध भएको भन्दै यसलाई अन्त्य गरौं’ भन्ने सन्देश बोकेको यो चलचित्र पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको हो भने चलचित्रमा दीपकप्रसाद घिमिरेको लगानी छ ।

चलचित्रमा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेन्चुरी र भीमबहादुर पौडेलको शब्द, रामेश्वर हुमागाँइको डीओपी छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया